Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • श्रमदान बाट तमोर नदीमा पुल निर्माण

श्रमदान बाट तमोर नदीमा पुल निर्माण

alt
  • पुस १, २०८१
  • ब्लाष्ट खबर

ताप्लेजुङ /ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ।

स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो।फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुवै किनारामा फैलिएको छ।

गाउँका विभिन्न बस्तीलाई जोड्न नदी पार गर्नुपर्ने बाध्यता छ। सबै स्थानमा एकैपटक स्थायी पुल निर्माण गर्ने बजेट अभाव भएकाले अस्थायी काठे पुल निर्माण गरिएको हो।तापेथोक र छिरुवामा तमोर नदीमाथि काठेपुल निर्माण गरिएको छन्।

अन्य ठाउँमा समेत आवश्यक हेरेर अस्थायी काठेपुल निर्माण गर्ने योजना रहेको अध्यक्ष लिम्बूले बताए। प्रत्येक वर्ष मङ्सिर महिनामा पानीको सतह घटेपछि पुल निर्माण थाल्ने गरिएको छ। हालै निर्माण सम्पन्न काठे पुल जेठ महिनासम्म सञ्चालन हुनेछ। यसपछि वर्षा याम सुरु भएसँगै नदीमा पानीको सतह बढ्ने र पुल बगाउने अवस्था आउँछ। विगतमा यस क्षेत्रमा चारदेखि पाँच अस्थायी काठे मोटरेबल पुल बनाइने गरेकामा अहिले केही स्थानमा स्थायी पक्की पुल निर्माण भइसकेका छन्। केही पुलको निर्माण प्रक्रिया जारी रहेको अध्यक्ष लिम्बूले जानकारी दिए।

उनका अनुसार विगतमा एउटा अस्थायी पुल निर्माण गर्न झन्डै चार लाखदेखि पाँच लाख खर्च लाग्ने गथ्र्यो तर, यसपटक श्रमदानमार्फत जनशक्ति जुटाएर निर्माण सामग्री खरिद गर्न मात्र ६० हजार खर्च भएको गाउँपालिकाले जनाएको छ। स्थानीय तहमा विकासका गतिविधि सञ्चालन गर्न सीमित बजेटको बाध्यता रहेकाले श्रमदानको उपयोग गरिएको हो। गाउँपालिकाले आवश्यक सामग्री उपलब्ध गराएको छ भने पुल निर्माणका लागि श्रमदानमार्फत जनशक्ति जुटाइएको छ।

गाउँपालिकाले मङ्सिर महिनामा पुल निर्माण गरेर हिउँदभरि स्थानीयलाई यातायातको सुविधा दिने प्रयासलाई निरन्तरता दिइरहेको छ।
पुल निर्माणसँगै स्थानीय बासिन्दाको जीवन सरल भएको छ। दैनिक आवतजावत र आवश्यक सामग्री ढुवानीमा सहजता आएको छ। ग्रामीण क्षेत्रका बासिन्दाले यस्तो पहलले आफूहरूको दैनिकीमा सकारात्मक प्रभाव पारेको बताएका छन्। नदीले गाउँपालिकाको भूगोललाई दुई भागमा विभाजित गरेको छ।

यसले शिक्षा, स्वास्थ्य, व्यापार, तथा अन्य आवश्यक कार्यका लागि एक ठाउँबाट अर्को ठाउँ जाने क्रममा कठिनाइ झेल्नुपर्ने अवस्था सिर्जना गरेको थियो। अस्थायी काठे पुलले यी चुनौतीलाई केही हदसम्म समाधान गरेको छ। गाउँपालिकाले स्थायी पुलहरू निर्माण गर्न दीर्घकालीन योजना बनाएको भए पनि सीमित बजेटका कारण यो प्रक्रिया ढिलो भइरहेको छ। हाल गाउँपालिकाले स्थायी पक्की पुल निर्माणका लागि प्रदेश सरकार र सङ्घीय सरकारसँग समन्वय गर्दै केही स्थानमा काम अघि बढाइरहेको छ। तर, बाँकी स्थानमा भने हालका लागि अस्थायी पुल नै विकल्प बनेको छ। श्रमदानले बजेट बचत गर्न सहयोग पु¥याएको छ, यसले सामुदायिक एकताको भावना पनि बलियो बनाएको छ। स्थानीय बासिन्दाले स्वेच्छाले दिएको श्रमदानको माध्यमबाट पुल निर्माण हुनु ग्रामीण विकासमा जनसहभागिता कस्तो प्रभावकारी हुनसक्छ भन्ने उदाहरण बनेको छ । तमोर नदीजस्ता ठूला नदीमा स्थायी पुल निर्माण गर्न ठूलो बजेट र प्राविधिक जनशक्तिको आवश्यकता पर्छ। यस्तो अवस्थामा अस्थायी पुलले तत्कालका लागीआवतजावतको समस्यालाई समाधान गरे पनि दीर्घकालीन रूपमा यस्ता अस्थायी पुलहरूले टिकाउ समाधान दिन सक्दैनन् । गाउँपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा थप स्थायी पुलहरू निर्माणको योजना बनाउँदैछ।

सम्बन्धित समाचार
खाद्य स्वच्छता कायम गरौं

नेपाल पनि दूषित खाद्यजन्य रोगको समस्याबाट अछुतो छैन । विश्व स्वास्थ्य सङ्गठ ...

आजको राशिफलः २०८३ साल जेठ २६ गते मङ्गलबार

श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ २६ गते मङ्गलबार, ९ ...

सुपारीखेतीमा इलामका किसानको लगाव

फिक्कल । पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थाल ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
खाद्य स्वच्छता कायम गरौं
जेठ २६, २०८३
आजको राशिफलः २०८३ साल जेठ २६ गते मङ्गलबार
जेठ २६, २०८३
सुपारीखेतीमा इलामका किसानको लगाव
जेठ २५, २०८३
बराहक्षेत्रमा ब्राउन सुगरसहित एक युवक पक्राउ
जेठ २५, २०८३
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी
जेठ २५, २०८३
धनकुटाका ११.३ प्रतिशत नागरिक अझै गरिबीको रेखामुनि
जेठ २५, २०८३
न्यायिक समिति बन्यो सम्बन्ध जोड्ने चौतारी
जेठ २५, २०८३
होडा नागेश्वरीमा तमोर नदीको पानी लैजान जडान गरिएको सोलार प्यानल
जेठ २५, २०८३
‘काव्य–कला कोलाज २०८३’: साहित्य, कला र फोटोग्राफीको संगम
जेठ २५, २०८३
सगरमाथा क्षेत्रमा बेपत्ता भएका दावा शेर्पाको खोजी गर्न माग
जेठ २५, २०८३
विद्यालय समायोजन नीति कार्यान्वयन आवश्यक
जेठ २५, २०८३
आजको राशिफलः २०८३ साल जेठ २५ गते सोमबार
जेठ २५, २०८३
आइतबारको बिदा खारेज गर्ने तयारी छैन
जेठ २४, २०८३
होली गार्डेनको अन्तर–हाउस फुटसल प्रतियोगिता सुरु
जेठ २४, २०८३
प्राइम भिजन इन्टरनेशनल कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न
जेठ २४, २०८३
खाद्य स्वच्छता कायम गरौं
जेठ २६, २०८३
आजको राशिफलः २०८३ साल जेठ २६ गते मङ्गलबार
जेठ २६, २०८३
सुपारीखेतीमा इलामका किसानको लगाव
जेठ २५, २०८३
बराहक्षेत्रमा ब्राउन सुगरसहित एक युवक पक्राउ
जेठ २५, २०८३
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी
जेठ २५, २०८३
धनकुटाका ११.३ प्रतिशत नागरिक अझै गरिबीको रेखामुनि
जेठ २५, २०८३
न्यायिक समिति बन्यो सम्बन्ध जोड्ने चौतारी
जेठ २५, २०८३
होडा नागेश्वरीमा तमोर नदीको पानी लैजान जडान गरिएको सोलार प्यानल
जेठ २५, २०८३
‘काव्य–कला कोलाज २०८३’: साहित्य, कला र फोटोग्राफीको संगम
जेठ २५, २०८३
सगरमाथा क्षेत्रमा बेपत्ता भएका दावा शेर्पाको खोजी गर्न माग
जेठ २५, २०८३
विद्यालय समायोजन नीति कार्यान्वयन आवश्यक
जेठ २५, २०८३
आजको राशिफलः २०८३ साल जेठ २५ गते सोमबार
जेठ २५, २०८३
आइतबारको बिदा खारेज गर्ने तयारी छैन
जेठ २४, २०८३
होली गार्डेनको अन्तर–हाउस फुटसल प्रतियोगिता सुरु
जेठ २४, २०८३
प्राइम भिजन इन्टरनेशनल कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न
जेठ २४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क