Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण धमाधम

‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण धमाधम

alt
  • जेठ ४, २०८२
  • ब्लाष्ट खबर

खोटाङ।खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट सडक’ निर्माणको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटारको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले बगाएपछि विकल्पका रूपमा प्रयोग गर्नका लागि उक्त सडक निर्माणको काम सुरु गरिएको छ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको एक करोड २० लाखमा पूरा हुनेउक्त सडकको पहिलो चरणमा रु ४५ लाखबाट निर्माण सुरु गरिएको छ। खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचउरको लामाचउरमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले वैकल्पिक सडकको शिलान्यास गरेको छ।

गत असोज १२ गते आएको भीषण बाढीले बगाएको फोक्सिङटारको पुल पुनर्निर्माण गर्न समय लाग्ने र धाप्लाङघाटको पुल चाँडै बन्ने भएकाले वैकल्पिक सडकका रूपमा फोक्सिङटार–धाप्लाङघाट सडकको ट्रयाक खोल्न सुरु गरिएको मन्त्री राईले बताउनुभएको छ । उपभोक्ता समितिबाट काम गर्नेगरी उक्त सडकको औपचारिक रूपमा शिलान्यास गरेर निर्माणको काम सुरु गरिएको।सडक निर्माणका लागि पहिलोपटक विनियोजन गरिएको बजेट मन्त्रालयले बराहपोखरी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको जनाइएको छ।

बाँकी बजेटको काम भने, मन्त्रालयबाट ठेक्का आह्वान र ठेकेदारमार्फत गर्नेगरी प्रक्रिया अगाडि बढाइएको मन्त्री राईको सचिवालयले जानकारी दिएको छ।वैकल्पिक सडक निर्माणको काम सम्पन्न भएपछि खोटाङका नागरिकले सुनकोशी नदीको किनारैकिनार फोक्सिङटारबाट साउनेचउर, बङदुवा, आसाबाला, अजिङगरे, भोर्मा हुँदै धाप्लाङघाटसम्म यात्रा गर्न पाउनेछन्। धाप्लाङघाटबाट उदयपुरको साउने हुँदै तराई झर्नका लागि सबैभन्दा छोटो मार्ग हुने जनाइएको छ।
फोक्सिङटारबाट नयाँ सडक जोड्न लागिएको धाप्लाङघाटस्थित सुनकोशी नदीमा समेत मोटरेबल पक्की पुल निर्माणको काम भइरहेको छ। फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि भौतिक पूर्वाधार विकासमन्त्री राईले गत माघ १२ गते वैकल्पिक मार्ग खोल्नका लागि सम्भाव्यता अध्ययन पैदलयात्रा
गरेका थिए।
निर्माण सम्पन्न भएको वर्ष दिन नबित्दै बाढीले बगाएको फोक्सिङटार पुलको विकल्पमा अहिले अस्थायी बेलिब्रिज सञ्चालन गरिएको छ। सुनकोशीमा बाढी आउन थालेकाले यही जेठ ५ गतेदेखि उक्त बेलिब्रिज झिक्ने योजना बनाइएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इञ्जिनियर पशुपति ज्ञवालीले बताए।खोटाङवासीले भने, जेठ १५ गतेसम्म बेलिब्रिज नहटाउन सडक विभागसँग आग्रह गरेका छन्। असोजदेखि कष्टकर जीवन बिताएका खोटाङवासीलाई सुविधा दिने उद्देश्यले सरकारले गत पुस २७ गतेदेखि फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो । फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि सुनकोशीमा रु एक करोड दुई लाख ९४ हजार ६७७ लागतमा बेलिब्रिज जडानको काम सम्पन्न गरिएको थियो । करिब छ महिनाअघि जडान गरिएको ५० मिटर लम्बाइ र साढे छ मिटर चौडाइ रहेको बेलिब्रिजबाट एकतर्फी यातायातका साधन सञ्चालन हुँदै आएका छन्। फोक्सिङटारमा बेलिब्रिज जडान गरिएपछि खोटाङको दिक्तेल बजारबाट गाईघाट, बेलटार, धरान, इटहरी, विराटनगर, दमक र बिर्तामोडसम्म यातायातका साधन सञ्चालनमा आएका थिए । बेलिब्रिज झिकेपछि खोटाङ–उदयपुर सिधा सम्पर्क टुट्ने र जिल्लावासीलाई तराईका जिल्ला झर्न ठूलो समस्या हुने निश्चित छ।
अस्थायी बेलिब्रिज हटाएपछि सगरमाथा लोकमार्गको दिक्तेल–गाईघाट सडकमा यातायातका साधन पूर्ण रूपमा सञ्चालन बन्द हुने भएका छन् जसका कारण जिल्लावासीलाई दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री खरिद र उपचारका लागि धरान, विराटनगरलगायत अस्पतालसम्म जान समस्या हुने भएको छ।

निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको फोक्सिङटारको मोटरेबल पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ साल पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो। हस्तान्तरण नहुँदै बाढीले बगाएका कारण सम्बन्धित निर्माण कम्पनीले नै उक्त फोक्सिङटारको मोटरेबल पक्की पुल पुनर्निर्माण गर्नुपर्ने जिल्लामा हुने हरेक कार्यक्रममा बहस चल्ने गरेको छ।
दिक्तेल–गाईघाट १०१ किलोमिटर लामो सडकखण्डको फोक्सिङटारमा आएको बाढीले बगाएको मोटरेबल पक्की पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित भएको जनाइएको छ। फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनर्निर्माणका लागि नेपाल सरकार, अर्थ मन्त्रालयले ३५ करोड बजेट सुनिश्चित गरेको संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराईले जानकारी दिएका छन्।
सम्बन्धित समाचार
खैरो हिरोइनसहित चार जना पक्राउ

विजयपुर । सुनसरीमा लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले खैरो हिरोइनस ...

व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवम् नेपाल उद् ...

मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’

विराटनगर । विराटनगरस्थित ‘शैलजा आचार्य प्रादेशिक अस्पताल तथा हृदय रोग केन्द ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
खैरो हिरोइनसहित चार जना पक्राउ
वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ
वैशाख ११, २०८३
मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’
वैशाख ११, २०८३
मधेस प्रदेशको समस्याप्रति गम्भीर बन
वैशाख ११, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ११ गते शुक्रबार
वैशाख ११, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान
वैशाख ११, २०८३
वैशाख ११ : लोकतन्त्र दिवस
वैशाख ११, २०८३
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १०, २०८३
हात्ती प्रभावित क्षेत्रका विद्युतीय घेराबारा दशकपछि मर्मत गरिने
वैशाख १०, २०८३
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिः श्रम संस्कृति पार्टी
वैशाख १०, २०८३
चार जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
वैशाख १०, २०८३
संघीय सरकारको निर्णयको अवज्ञाः खोटेहाङले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
वैशाख १०, २०८३
खैरो हिरोइनसहित चार जना पक्राउ
वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ
वैशाख ११, २०८३
मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’
वैशाख ११, २०८३
मधेस प्रदेशको समस्याप्रति गम्भीर बन
वैशाख ११, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ११ गते शुक्रबार
वैशाख ११, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान
वैशाख ११, २०८३
वैशाख ११ : लोकतन्त्र दिवस
वैशाख ११, २०८३
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १०, २०८३
हात्ती प्रभावित क्षेत्रका विद्युतीय घेराबारा दशकपछि मर्मत गरिने
वैशाख १०, २०८३
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिः श्रम संस्कृति पार्टी
वैशाख १०, २०८३
चार जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
वैशाख १०, २०८३
संघीय सरकारको निर्णयको अवज्ञाः खोटेहाङले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
वैशाख १०, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क