श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख १८ गते शुक्रबार, १ मे २०२६, रौद्रनाम संवत्सर। वैशाख शुक्लपक्षको पूर्णिमा तिथि ११ः१० बजेसम्म, उप्रान्त प्रतिपदा, बनक्षत्र स्वाति भोलि ०४ः४८ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः२४ बजे र सूर्यास्त ०६ः३७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आफन्तको उपहारले प्रसन्नता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मित्रता र प्रेमको बन्धन कसिनेछ। तर आफ्ना सूचना बाहिरिने हुँदा गोपनीयतामा ध्यान पु¥याउनु होला। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज  काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यप्रति सजग रहनुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

स्वास्थ्य कमजोर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो श्रम परे पनि कामको प्रतिफलमाथि अरूले राज गर्नेछन्। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। सेवामूलक काममा प्रवृत्त गराउनेछ।   

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेतले कार्यसिद्धि हुनेछ। साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ। व्यवसायबाट पनि मनग्य फाइदा हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।