Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • विद्यालय छोडेर माछा मार्न जान्छन् विद्यार्थी

विद्यालय छोडेर माछा मार्न जान्छन् विद्यार्थी

alt
  • भदौ २०, २०७३
  • ब्लाष्ट खबर

fishing childखोटाङ /   जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् । स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी, भेले र झरौला बोकेर नदीमा माछा मार्दै हिँड्छन् ।

गाउँ नजिकै रहेको विद्यालयमा अध्ययनअध्यापन भइरहँदा सोही गाउँका १८ वर्षीय सुजन राई र १७ वर्षीय तारा राई पनि ज्ञानबहादुरसँगै दूधकोसीमा माछा मार्न गड्तिरमा घुमिरहेका हुन्छन् । दिउँसो विद्यालयमा पढ्नुपर्ने समयमा उनीहरु नदीमा माछाको खेवा खोज्दै तियारी, भेले थापिरहेका हुन्छन् । साँझ परेपछि पासो उठाउँछन्, अल्झिएको माछा सङ्कलन गर्छन् । अनि आलै बिक्री गर्छन् । उनीहरु माछा मार्नकै लागि गाउँभन्दा एक घन्टा तल दूधकोसी किनारमा पर्ने ओडारमा हप्ता दिनसम्म बास नै बस्ने गरेका छन् । बतासेका अधिकांश विद्यालय उमेरका बालबालिका कापी, कलम, पोसाक किन्ने खर्च जुटाउने बहाना बनाएर नदीमा माछा मार्न जाने गरेका छन् । सुदूरउत्तरमा पर्ने जलेश्वरी सोलुखुम्बुसँग जोडिएको गाविस हो । पढे पनि रोजगारीको ग्यारेन्टी नभएकाले पढाइलाई बिट मारेको नदी किनारमा भेटिएका ताराले बताए । “पढे पनि जागीर पाइन्छ भन्ने टुङ्गो छैन”, उनले भने, “त्यही भएर पढाइ छाडियो ।” कतिपयले घरको आर्थिकस्तर कमजोर भएका कारण पनि पढाइलाई निरन्तरता दिन नसकेको बताएका छन् । सुजन र ताराले कक्षा–९ पढ्दापढ्दै कक्षा छाडेका हुन् । स्थानीयवासीका अनुसार माछा मार्नका लागि दैनिकजसो १०/१२ जना बालबालिका ओढ्ने, ओछ्याउने, खाना, खाजा बोकेर नदी जाने गरेका छन् । बर्सेनि यो सङ्ख्या बढ्दो रहेकाले चिन्ताको विषय बनेको स्थानीय सिम्ले मावि जलेश्वरीका प्रधानाध्यापक नीरकुमार कट्टेलले बताउनुभयो । प्रअ कट्टेलका अनुसार कक्षा ९ र १० मा पढ्दापढ्दै विद्यालय छाड्ने छात्रको समूह बढी माछामा अलमलिने गरेका छन् । नदीमा उनीहरुले दैनिक पाँच/६ केजी माछा मार्ने गरेका छन् । मारिएको माछा जलेश्वरी, महेश्वरी, एँसेलुखर्कबाहेक सोलुखुम्बुको पञ्चन लगायतका गाउँमा खपत हुने गरेको छ । यसबाहेक नदी किनार हुँदै ओहोरदोहोर गर्ने बटुवाले समेत किन्ने गरेका छन् । आफूले मारेको माछा बिक्री गर्दा मासिक रु २०/२२ हजार हात लाग्ने गरेको उनीहरु बताउँछन् । माछा बिक्री गरेर आएको आम्दानीबाट घरमा नुनतेल, मासु खाने पैसा समेत जुटाउने गरिएको सुजनले बताउनुभयो । दूधकोसीमा पाइने माछा अन्य नदीको भन्दा स्वादिलो रहेको उपभोक्ताले बताएका छन् । रासस

सम्बन्धित समाचार
हार्मोन असन्तुलनका कारण मधुमेहजस्ता जटिल रोगहरू बढ्दै

धरान । विशेषज्ञ चिकित्सकहरूले हार्मोन सन्तुलन मानव स्वास्थ्यका लागि अत्यन्त ...

नेपालमा आयातित औलोका बिरामी बढ्दो

धरान । नेपालमा औलोका स्थानीय सङ्क्रमित घट्दै गए पनि विदेशबाट आउने आयातित बि ...

स्पाको आवरणमा अवैध धन्दा

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्रमा ‘रिल्याक्सेसन’ (आराम) का लागि खोलिए ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
हार्मोन असन्तुलनका कारण मधुमेहजस्ता जटिल रोगहरू बढ्दै
वैशाख १३, २०८३
नेपालमा आयातित औलोका बिरामी बढ्दो
वैशाख १३, २०८३
स्पाको आवरणमा अवैध धन्दा
वैशाख १३, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १३ गते आइतबार
वैशाख १३, २०८३
कथाकार सुरेश यक्सो र ‘पेनिबा’
वैशाख १२, २०८३
खैरो हिरोइनसहित चार जना पक्राउ
वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ
वैशाख ११, २०८३
मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’
वैशाख ११, २०८३
मधेस प्रदेशको समस्याप्रति गम्भीर बन
वैशाख ११, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ११ गते शुक्रबार
वैशाख ११, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान
वैशाख ११, २०८३
वैशाख ११ : लोकतन्त्र दिवस
वैशाख ११, २०८३
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
हार्मोन असन्तुलनका कारण मधुमेहजस्ता जटिल रोगहरू बढ्दै
वैशाख १३, २०८३
नेपालमा आयातित औलोका बिरामी बढ्दो
वैशाख १३, २०८३
स्पाको आवरणमा अवैध धन्दा
वैशाख १३, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १३ गते आइतबार
वैशाख १३, २०८३
कथाकार सुरेश यक्सो र ‘पेनिबा’
वैशाख १२, २०८३
खैरो हिरोइनसहित चार जना पक्राउ
वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ
वैशाख ११, २०८३
मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’
वैशाख ११, २०८३
मधेस प्रदेशको समस्याप्रति गम्भीर बन
वैशाख ११, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ११ गते शुक्रबार
वैशाख ११, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान
वैशाख ११, २०८३
वैशाख ११ : लोकतन्त्र दिवस
वैशाख ११, २०८३
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क