Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • पोर्चुगलमा नेपाली पाठशाला : कखरा सिक्दै नेपाली बालबालिका

पोर्चुगलमा नेपाली पाठशाला : कखरा सिक्दै नेपाली बालबालिका

alt रासस
  • साउन १२, २०७६
  • भरत प्रधान
 
लिस्बन / पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन् ।
सदीक्षालाई नेपाली अक्षर कदेखि ज्ञसम्म लेख्नसमेत मुस्किल पर्छ । नेपाली बोल्न सक्ने उनलाई सजिलैसँग नेपाली पनि लेख्ने रहर छ । यहाँको सरकारी विद्यालयमा कक्षा ३ मा पढ्दै गरेकी सदीक्षा पछिल्लो समय नेपाली भाषा पनि निकै मेहनत गरेर सिक्दै छिन् । नेपालकी छोरी भएरै होला उनलाई नेपाली भाषा मोहले पनि त्यतिकै तानेको छ ।
नेपाली भाषा कतिको आउँछ त भन्ने प्रश्नमा सदीक्षाले अङ्ग्रेजी र पोचुगालीभन्दा धेरै कम आउने प्रतिक्रिया दिइन् । नेपालीभन्दा अङ्ग्रेजी र पोर्चुगाली सजिलो लाग्ने उनको भनाइ थियो । हालसम्म नेपाल नदेखेकी उनले छिट्टै नेपाल जानेसमेत बताइन् । सदीक्षा जस्तै चितवनका सोहन सापकोटा र पोखराका रस्मित कुँवरको पनि उस्तै समस्या छ । उनीहरु पनि यहांँको सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन् । दश वर्षका सोहन कक्षा ४ मा पढ्दै छन् । भने ११ वर्षीय रस्मित भर्खरै कक्षा ५ मा भर्ना भएका छन् । सोहन र रस्मितलाई पनि सदीक्षालाई जस्तै पोर्चुगाली भाषा खरर बोल्न र लेख्न आउँछ ।
तर नेपाली भाषा बोल्नसक्ने भए पनि लेख्न भने उनीहरु दुवैलाई समस्या छ । घरमा बोल्ने भाषा नेपाली भएका कारण उनीहरु नेपाली बोल्न सक्ने भए पनि यहाँको स्थानीय विद्यालयमा लेख्ने र पढ्ने भाषा पोर्चुगाली नै भएका कारण पनि उनीहरूलाई नेपाली भाषामा समस्या भएको हो ।
सदीक्षा, सोहन र रस्मित जस्तै पोर्चुगलमा जन्मेका र हुर्केका अधिकांश नेपाली बालबालिकामा यो समस्या सामान्य जस्तै छ । पोर्चुगलमा जन्मेका तथा हुर्केका नेपाली बालबालिकामा देखिएका यस्ता समस्यालाई मध्यनजर गरेर नेपाली नारी समाज पोर्चुगलले नेपाली पाठशाला सञ्चालन गरेको छ । समाजले यही जुलाईको पहिलो सातादेखि राजधानी लिस्बनस्थित आन्जोसमा नेपाली पाठशाला सञ्चालन गरेको हो । पाठशालामा पाँच वर्षमाथिका र १२ वर्षमुनिका २५ नेपाली बालबालिकालाई कखरा सिकाइँदै छ ।
पोर्चुगलमा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली भाषा लेखनमा समस्या देखिएपछि नेपाली भाषा, कला र नेपाली संस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले नेपाली पाठशाला सञ्चालन गरिएको समाजकी अध्यक्ष कला राईले जानकारी दिइन । दुई जना नेपाली शिक्षिकामार्फत साताको तीन दिन नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यवहारिक र नेपाली संस्कृतिसम्बन्धी अध्यापन गराउने व्यवस्था मिलाइएको अध्यक्ष राईले बताइन ।
राईका अनुसार पोर्चुगलको स्थानीय विद्यालयमा अध्ययन गर्ने बालबालिकाको वार्षिक बिदाको समयलाई सदुपयोग गरेर पाठशाला सञ्चालन गरिएको हो । समाजले आफ्नै कोषको खर्चबाट निःशुल्क कक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पाठशालालाई थप व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने योजना रहेको उनले बताइन । पाठशालामा बालबालिकालाई साताको दुई दिन सोमबार र मङ्गलबार नेपाली भाषासम्बन्धी सैद्धान्तिक कक्षा सञ्चालन गरिएको शिक्षिका विद्या आचार्यले बताइन । 
उनीहरुलाई कखरादेखि नेपाली शब्द, नेपालको राष्ट्रिय गान, नेपालसम्बन्धी जानकारी, वाक्य लेखन, उच्चारण तथा नेपाली भाषा सिकाइएको छ । नेपालमा रहँदा डेढ दशक बढी अध्यापन पेशामा सक्रिय रहनुभएकी आचार्यले विदेशी भूमिमा नेपाली बालबालिकालाई अध्यापन गराउन पाउँदा आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिइन । 
अधिकांश बालबालिका पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने भए पनि नेपाली भाषामा भने समस्या रहेको उनले बताइन ।  आचार्यका अनुसार पाठशालामा बालबालिका नियमित जस्तै आउँछन् । उनीहरु नेपाली सिक्न उत्साहित छन् । पाठशालामा साताको एक दिन सिर्जनशील र अतिरिक्त क्रियाकलाप गराइने गरिएको छ । आफ्ना बालबालिकामा नेपाली भाषामा समस्या देखिएपछि चिन्तित बनेका अभिभावकलाई नारी समाजको यो अभियानले केही राहत मिलेको यहाँका अभिभावको प्रतिक्रिया छ । विदेशी भूमिमा हुर्केका आफ्ना बालबालिकाले नेपाली भाषा नभुलुन् र नबिर्सिउन् भन्ने उनीहरुको चाहना छ । तर बालबालिका विद्यालयमा पनि पोर्चुगाली भाषा बोल्ने र साथीसङ्गी पनि पोर्चुगाली हुने भएका कारण पनि नेपाली भाषामा समस्या देखिएको अभिभावकको बुझाइ छ ।
विदेशी भूमिमा नेपाली पाठशाला सञ्चालन हुँदा आफूहरुलाई राहत मिलेको अभिभावक सरिता गौतमले बताइन । पाठशाला जान थालेपछि आफ्नी छोरीको नेपाली लेख्ने र पढ्ने बानीको विकास भएको उनले बताइन । आंशिक मात्र नभएर नेपाली पाठशालालाई नियमितरूपमा सञ्चालन गर्नसके अझै प्रभावकारी हुने गौतमको तर्क छ । नेपालमा कक्षा २ अध्ययन गर्दै गरेका छोरालाई चार वर्ष अगाडि पोर्चुगल ल्याएकी पोखराकी वसन्ती कुँवरले आफ्नो छोराले नेपाली भुल्न थालेपछि चिन्तित बनेको बताइन ।  “विदेशमा बसिएको छ, छोराले यहाँको सबै कुरा जानेको छ तर नेपाली भाषा र संस्कार भुल्दै गएको छ । आफन्तहरु कसलाई के साइनोले बोलाउनुपर्छ भन्ने कुरा पनि बिर्सिसके । नेपाली संस्कार र संस्कृति नै भुल्छन् कि भन्ने पीर छ”, कुँवरले चिन्ता व्यक्त गर्दै भनिन, “हामी जस्ता अभिभावकका चिन्तालाई पाठशालाले राहत प्रदान गरेको छ ।” पाठशालालाई सःशुल्क नै बनाएर भए पनि नियिमित र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नुपर्ने उनको धारणा छ । पोर्चुगलमा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली संस्कार, संस्कृति र नेपालीपनको भावना जागृति गर्न पाठशालाले महत्वपूर्ण भूमिका निर्वाह गरेको समाजकी पूर्वअध्यक्ष सीता बरालले बताइन ।
विभिन्न समस्या भए पनि विदेशी भूमिमा नेपाली पाठशाला सञ्चालन गर्न पाउँदा आफूहरुलाई निकै खुशी लागेको उनले बताइन ।  “विश्वको जुनसुकै कुनामा रहे पनि हामी नेपाली हौँ । विदेशी भूमिमा हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृति सिकाउनु हाम्रो दायित्व हो । उनीहरुले नेपाली भाषा र संस्कृति नभुलुन् र नबिर्सिउन् भन्ने हाम्रो मुख्य उद्देश्य हो”, बरालले भनिन। यो अभियानले नेपाली भाषा र नेपाली लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । आगामी दिनमा यहाँ रहेका नेपाली सङ्घसंस्थासँग समन्वय गरेर पाठशालालाई थप व्यवस्थित गर्दै सरकारीस्तरबाटै स्वीकृति लिएर सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिइन । 
  • नेपाली भाषा
सम्बन्धित समाचार
कथाकार सुरेश यक्सो र ‘पेनिबा’

नेपाली कथा साहित्यमा नयाँ स्वाद र संवेदनशील दृष्टिकोणसहित देखा परेको कृति ह ...

खैरो हिरोइनसहित चार जना पक्राउ

विजयपुर । सुनसरीमा लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले खैरो हिरोइनस ...

व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवम् नेपाल उद् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
कथाकार सुरेश यक्सो र ‘पेनिबा’
वैशाख १२, २०८३
खैरो हिरोइनसहित चार जना पक्राउ
वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ
वैशाख ११, २०८३
मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’
वैशाख ११, २०८३
मधेस प्रदेशको समस्याप्रति गम्भीर बन
वैशाख ११, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ११ गते शुक्रबार
वैशाख ११, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान
वैशाख ११, २०८३
वैशाख ११ : लोकतन्त्र दिवस
वैशाख ११, २०८३
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १०, २०८३
हात्ती प्रभावित क्षेत्रका विद्युतीय घेराबारा दशकपछि मर्मत गरिने
वैशाख १०, २०८३
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिः श्रम संस्कृति पार्टी
वैशाख १०, २०८३
चार जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
वैशाख १०, २०८३
कथाकार सुरेश यक्सो र ‘पेनिबा’
वैशाख १२, २०८३
खैरो हिरोइनसहित चार जना पक्राउ
वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ
वैशाख ११, २०८३
मुटु अस्पताललाई ३० दिनभित्र जग्गा खाली गर्न ‘अल्टिमेटम’
वैशाख ११, २०८३
मधेस प्रदेशको समस्याप्रति गम्भीर बन
वैशाख ११, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ११ गते शुक्रबार
वैशाख ११, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान
वैशाख ११, २०८३
वैशाख ११ : लोकतन्त्र दिवस
वैशाख ११, २०८३
सञ्चारमन्त्री मन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घबीच छलफल
वैशाख १०, २०८३
नारद दाहाल बने ‘महिना उत्कृष्ट ट्राफिक प्रहरी’
वैशाख १०, २०८३
धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ
वैशाख १०, २०८३
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
वैशाख १०, २०८३
हात्ती प्रभावित क्षेत्रका विद्युतीय घेराबारा दशकपछि मर्मत गरिने
वैशाख १०, २०८३
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिः श्रम संस्कृति पार्टी
वैशाख १०, २०८३
चार जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
वैशाख १०, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क